एनआरएनएको राहत तथा मानवीय सहयोग अभियानको ४४ औं दिन

  नेपाली सन्देश डट कम | २४ आश्विन २०८३, शनिबार ००:०३


गोसाइँकुण्डका वडा नं. २ र ५ का १५० बाढीप्रभावित परिवारलाई राहत सामग्री वितरण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ र ५ का बाढीप्रभावित १५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण प्रभावित भई हाल काठमाडौंमा बसोबास गरिरहेका परिवारलाई दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो। राष्ट्रिय समन्वय परिषद् (NCC) चीनको आर्थिक संयोजनमा वितरण गरिएको राहत सामग्रीमा भान्सामा प्रयोग हुने सामग्री, ग्यास चुलो, ग्यास सिलिन्डर, ग्यास पाइप, रेगुलेटर, इन्डक्सन चुलो, प्रेसर कुकरलगायतका आवश्यक सामग्री समावेश छन्। त्यसैगरी, प्रभावित परिवारको दैनिक आवश्यकता र घरायसी प्रयोजनलाई ध्यानमा राख्दै सिरक, सिरकको खोल, तकिया, तकियाको खोल तथा रुमालसमेत वितरण गरिएको छ। बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित परिवारले आफ्नो नियमित जीवनयापनमा विभिन्न कठिनाइ सामना गर्नुपरेको अवस्थामा उनीहरूको आवश्यकता सम्बोधन गर्न राहत सामग्री वितरण गरिएको हो। विपद्पछिको अवस्थामा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई सामान्य जीवनयापनमा फर्किन सहयोग पुर्‍याउने उद्देश्यले यस प्रकारको सहयोग गरिएको हो।
।

गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। भोटेकोशी-रसुवा बाढी २०२६ को वित्तीय प्रतिवेदनअनुसार यस अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा हाल ७ करोड १ लाख ६१ हजार रुपैयाँ संकलन भएको छ।

प्रतिक्रिया

Selected poll is not defined.