काठमाडौं । कार्यालय समय पालना नगर्ने र तोकिएको पोसाक नलगाउने १ हजार १६७ जना सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले असोज १ देखि २० गतेसम्म देशका विभिन्न १०६ वटा सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा कर्मचारीहरू नियमविपरीत कार्यमा संलग्न रहेको पाइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अनुगमनका क्रममा कार्यालयको निर्धारित समय पालना नगर्ने १ हजार १३२ जना कर्मचारी भेटिएका थिए। त्यस्तै, तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित हुने ३५ जना कर्मचारी पनि फेला परेका थिए ।
अनुगमनबाट नियम उल्लंघन गरेको पुष्टि भएका सबै कर्मचारीमाथि प्रचलित नियमअनुसार विभागीय कारबाही गर्न केन्द्रले सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूलाई निर्देशन दिएको छ।
प्रतिक्रिया