तिहारको रौनकबीच प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् द्वारा देउसी-भैलो टोलीसँग खुलेर रमाइलो साटेको दृश्यले अहिले सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ चर्चा बटुलेको छ।
सर्वसाधारणसँगै नाच्दै, हाँस्दै, गाउँदै र देउसी-भैलोमा सहभागी हुँदै उनीहरूले देखाएको आत्मीयताले यो पर्वलाई केवल औपचारिकता नभई सांस्कृतिक उत्सवका रूपमा मनाएको अनुभूति दिलाएको छ।
नेपाली जनताले आशा गरेका युवा नेताहरूको यो सहभागिता केवल रमाइलो मात्र नभएको विश्लेषकहरू बताउँछन्। यसले नेपाली संस्कृति, धर्म र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनप्रति नयाँ पुस्ताका नेताहरू कति सचेत छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
पहिलो पुस्ताका नेताहरूले यसरी खुलेर चाडपर्वमा सर्वसाधारणसँग घुलमिल भएर रमाएको र सकारात्मक सन्देश दिएको बिरलै उदाहरण पाइन्छ। त्यही पृष्ठभूमिमा युवा नेताहरूको यो खुला र सहज उपस्थितिलाई धेरैले सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्।
युवा नेताहरूको यो सांस्कृतिक चेत र सहभागिताले अहिलेका पुस्ताका नेताहरू धार्मिक र सांस्कृतिक महत्वप्रति जिम्मेवार रहेको देखाएको छ, जुन नेपालीहरूका लागि अत्यन्तै खुसीको कुरा हो।
तिहारको यो आत्मीयतासँगै सर्वसाधारणले देश विकास, शिक्षा, स्वास्थ्य, यातायात तथा व्यापार-व्यवसायजस्ता क्षेत्रमा पनि युवा नेतृत्वले उत्तिकै राम्रो काम गर्न सफल बनुन सबैमा दिपावलीको हार्दिक शुभकामना।
-भुमिराज राई
प्रतिक्रिया