नेपालमा पढेर कोरियामा जागिर, ४० जनालाई अवसर !

  नेपाली सन्देश डट कम | १ फाल्गुन २०८१, बिहीबार २०:१२

नेपालकै युनिभर्सिटीमा स्नातक तहको कोरियन अध्ययन गर्न सकिने

काठमाण्डौं। अबदेखि नेपालबाटै कोरियन भाषामा स्नातक तहको अध्ययन गर्न सकिने भएको छ।

काठमाडौं युनिभर्सिटी नेपाल र सङ्गुक युनिभर्सिटी कोरियाको संयुक्त प्रयासमा आगामी मार्च महिनाबाट नेपालमै ब्याच्लर इन कोरियनको पढाइ सुरु हुने भएको हो।

गत जुन महिनामा दुवै युनिभर्सिटीबीच भएको सहमति कार्यान्वयन भए पछि नेपालमा कोरियन पठनपाठन गर्न बाटो खुलेको हो।

काठमाडौं युनिभर्सिटीको स्कुल अफ आर्ट्स, हात्तीबन र स्कुल अफ मेनेजमेन्ट, बालकुमारी, ललितपुरमा आगामी मार्च १० तारिखबाट कक्षाहरू सञ्चालन हुनेछन्।

यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले काठमाडौं युनिभर्सिटीमा १ वर्ष वा २ वर्ष अध्ययन गरेपछि कोरियाको सङ्गुक युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर गरी बाँकी अध्ययन पुरा गर्न सक्नेछन्। कोरिया जानु अघि, विद्यार्थीहरूले कोरियन भाषाको दोस्रो तह भन्दा माथि काठमाडौं युनिभर्सिटीबाट उत्तीर्ण गर्नु पर्ने प्रावधान राखिएको छ।

माध्यमिक विद्यालयमा जिपिए २.५ भन्दा माथि ल्याएर उत्तीर्ण भएका जो कोही विद्यार्थीहरूले यो विषय अध्ययन गर्नका लागि आवेदन दिन सक्नेछन्।

कोरियामा अध्ययन गर्दा, कोरियन युनिभर्सिटीको अनुसार र नेपालमा काठमाडौं युनिभर्सिटीको अनुसार अध्ययन शुल्क तोकिएको छ।

४ वर्षको अध्ययन सकेपछि विद्यार्थीहरूले दुबै युनिभर्सिटीबाट प्रमाणपत्र प्राप्त गर्नेछन्। पहिलो वर्ष काठमाडौं युनिभर्सिटीको स्कुल अफ आर्ट्स अन्तर्गत ब्याच्लर इन कोरियन स्टडिज विषयमा जम्मा ४० जना विद्यार्थीले भर्ना हुन पाउनेछन्।

कोरियन भाषा शिक्षक बनेर आफ्नो भविष्य बनाउने इच्छाशक्ति भएका विद्यार्थीहरूको लागि यो अध्ययन अब अनिवार्य हुने बताइएको छ।

आइएलटीएस गर्न नसक्ने र जीपीए कम भएकाका कारण कोरिया जान नपाएका विद्यार्थीहरूलाई यो धेरै राम्रो अवसर हुने सङ्गुक युनिभर्सिटी कोरियाले जनाएको छ।

युनिभर्सिटीले “अर्न एन्ड लर्न” अन्तर्गत यो कार्यक्रमलाई सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूले कोरिया जाने बित्तिकै नियम अनुसार काम गर्दै अध्ययन गर्न सक्नेछन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?