संसद् सचिवालयको सचिवमा दुराको बढुवा

  नेपाली सन्देश डट कम | १ असार २०८२, आईतवार ००:३४

काठमाडौँ, सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुखको अध्यक्षतामा आज बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शान्तिनगरमा जन्मिनुभएका दुरा २०४६ साल फागुन १९ गते निजामती सेवामा प्रवेश गर्नुभएको थियो । विसं २०५२ देखि उहाँले सङ्घीय संसद् सचिवालयमा सेवा गर्नुभएको छ । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायत पदमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँ हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव हुनुहुन्छ ।

दुराले आजै सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?