तस्वीरमा हेर्नुहोस्, ‘संसारकै ठूलो कुम्भ मेला’

  नेपाली सन्देश डट कम | ३० माघ २०८१, बुधबार ०३:४८

फोटोः श्री पाण्डे

प्रयागराज । यसलाई संसारकै सबैभन्दा ठूलो मानव जमघट हुने पर्व मानिन्छ। सोमवार औपचारिक रूपमा सुरु भएको यो महाकुम्भ ४५ पछि फेब्रुअरी २६ मा समापन हुने छ। कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ।

अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको सङ्ख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले मेला सुरु हुनुअघि यसपालिको कुम्भ अझ विशेष हुने बताएका थिए।

घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्, उनले बीबीसीसँग भनेका थिए, यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।
यो मेला हेर्न नेपालबाट ठूलो संख्यामा मानिसहरु आउने गरेका छन् । विश्वकै ठूलो मानिएको यो मेलामा झन्डै ४० करोड मानिस सहभागी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?