काठमाडौँ। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले आगामी मे महिनामा संघको एकता अधिवेशन काठमाडौँमा हुने बताएका छन्।
काठमाडौँमा बिहीबार साँझ एक टेलिभिजन अन्तरवार्तामा उनले परराष्ट्र मन्त्रालयले दिएको आदेश पालना गर्दै संघको अधिवेशन तय गरेको दावी गरे। उनले सर्वोच्च अदालतको पहिलो फैसलाको कार्यान्वयन गर्ने जिम्मा मन्त्रालयको भएको र मन्त्रालयको पत्र अनुसार आफूले अधिवेशन तय गरेको बताए। मन्त्रालयले रोक्न चाहे भने अधिवेशन रोक्न सकिने उनले बताए। उनले भने, “परराष्ट्र मन्त्रालय वा अदालतले अधिवेशन नगर्न भने भने म अधिवेशन रोक्न तयार छु।”
उच्चस्तरीय समितिको सदस्य समेत रहेका घलेले समितिका सदस्यहरूले आफ्नो नेतृत्व अस्वीकार गरेको बताए। उनले संघका वर्तमान अध्यक्ष डा. बद्री केसी सहितको महाधिवेशन गर्नको लागि कार्यदल गठन भएको दावी गरे। घलेले २० हजार एनआरएन उतारेर अधिवेशन गरेर देखाउने दावी गरे ।
I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post