सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू

  नेपाली सन्देश डट कम | १८ पुष २०८१, बिहीबार ०८:२४

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान सुरू भएको छ ।

 

हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजवाट जाहेरीवालाहरूको बहस सुरू भएकाे हाे ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
 

हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएकाे कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । 

 

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?