संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हुने

  नेपाली सन्देश डट कम | १२ आश्विन २०८३, सोमबार १६:५६

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डिपी अर्यालले असोज १४ गते दिनको २ः०० बजे निर्वाचनको समय तोकेका हुन् ।

उनले भने, ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम यही असोज १४ गते दिनको २ बजेको समय तोकेको व्यहोरा जानकारी गराउँदछु ।

प्रतिक्रिया

Selected poll is not defined.