नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको पाचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को जनवर्गीय संगठनको सम्मेलनले कमरेड टीका बहादुर बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरि सफलता पुर्वक सम्पन्न भएको हो।
सुखी नेपाली समृद्ध नेपाल हाम्रो अभियान, जातीय मुक्ति र समाजवादका लागि पाचौं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशन मुक्ति समाज सिन्धुपाल्चोक आयोजक कमिटी संयोजक राम बहादुर सुनारको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि पार्टी स्थाइ कमिटी सदस्य पुर्व मन्त्री मा. शेर बहादुर तामाङ विशिष्ट अतिथि पार्टी केन्द्रिय कमिटी सदस्य पुर्व मन्त्री दावा तामाङ र पार्टी बागमती प्रदेश सदस्य मुक्ति समाज केन्द्रिय कमिटी सचिव टेक घतानी रहनुभएको थियो।
सम्मेलनमा पार्टी बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डित ,डोल्मा तामाङ ,बालकृष्ण बस्नेत ,चन्द्र बहादुर धिमालकोटी ,मित्रलाल चौलागाईं ,अशोक चौलागाईं , पार्टी जिल्ला कमिटी अध्यक्ष कमल नेपाल ,पार्टी जिल्ला कमिटी सचीव रामचन्द्र बस्नेत, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण गोपाल तामाङ , पार्टी जिल्ला कमिटी सचिवालय सदस्य डिल बहादुर नेपाली समाज स्थाइ कमिटी सदस्य बिष्णु मिजार ,मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य एवम् राष्ट्र सेवक बिभाग प्रमुख कृष्ण नेपाली ,मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उप – प्रमुख सुनिल मिजार ,मुक्ति समाज केन्द्रिय सदस्य सुनिता परियार लगायत अतिथिको उपस्थिति रहेको थियो।
सम्मेलनले अध्यक्ष टीका बहादुर बिश्वकर्माको नेतृत्वको उपाध्यक्ष तिख ब नेपाली र लक्ष्मी लामिघादे सचीवमा धन बहादुर वि .क ,कोषाध्यक्षमा झलक रोक्का ,उपसचिवमा निशान परियार र राम बिक चयन भएको केन्द्रीय सचिवालय सदस्य एवं प्रचार बिभाग उप-प्रमुख सुनिल मिजारले बताउनुभयो।
प्रतिक्रिया