बाटो बिराएरकाहरुलाई घर फर्कन एमाले धादिङको आब्हान

  नेपाली सन्देश डट कम | २७ भाद्र २०७९, सोमबार ०७:१३

धादिङ
नेकपा एमाले धादिङले नेकपा एमाले छाडेर बाहिरिएकाहरुलार्य नेकपा एमालेको आफ्नो घरमा फर्कन आव्हान गरेको छ ।नेकपा एमाले धादिङ जिल्ला कमिटि बैठकले बाटो विराएर घर छोडेर अन्यत्र बराल्लि रहनु भएका एमाले कार्यकर्ताहरुलाई ससम्मान घर फर्कन आब्हान गरेको छ।कम्युनिष्ट पार्टी भन्दा बाहिर रहेका देशभक्त व्यक्तिहरुलाई पनि नेकपा(एमाले) मा समाहित हुन अनुरोध गरेको नेकपा एमाले उपसचिव राधिका सापकोटाले बताउनुुभयो।

आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्य नजर गर्दै एमालेले बहुमत ल्याउन र राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न एमालेमा समाहित हुनका लागि आग्रह गरेको छ ।एमाले बैठकले सम्पूर्ण देशभक्त नेपालीहरु एकातिर र देशद्रोही, दलाल,पुँजीपतिहरु अर्कातिर भईरहेको घर फर्कन आब्हान गर्दै सबै  बामपन्थीहरुलाई समेत एमालेका समाहित भएर राष्ट्रियताको रक्षा गर्न आब्हान गरेको छ ।

प्रतिक्रिया

Selected poll is not defined.