धादिङका भर्सटायल गायक उत्सव सुब्बा लामालाई नेस्नल म्युजिक अवार्ड

  नेपाली सन्देश डट कम | १३ असार २०७९, सोमबार ०३:२४

भर्सटायल गायक उत्सव सुब्बा लामाको हेलम्बु बजार बोलको गित नेस्नल म्युजिक अवार्ड हात पारेका छ्न्

नेपाली गीत संगीतमा आफनो आवज मार्फत धेरैको मन जित्न सफल गायक हुन् उत्सव सुब्बा लामा ।
देशकै राजधानी काठमाडौंको नजिक रहेको जिल्ला धादिङ थाक्रे १० मा जन्मिएका गायक एक भर्सटायल गायक समेत हुन् । लोक गितबाट आफनो साँगितिक यात्रा सुरु गरेका गायक उत्सव सुब्बा लामाले लोकदोहोरि , लोकपप आधुनिक तथा सेलो गरि झन्डै एक सय भन्दा माथि गित गायिसकेको छन् ।

यस्तै समयमा भर्खरै OSR DIGITAL YOUTUBE च्यानलमा उहाले (गाउँ छ मेरो दिल) बोलको आधुनिक गित समेत बजारमा लिएर आएका छन् । भर्खरै सम्पन्नता भएको नेस्नल म्युजिक अवार्डमा हेलम्बु बजार गीतबाट सर्वोत्कृष्ट सेलो गायकको अवार्ड्बाट सम्मानित भएका छन्।

गायन राम्रो क्षेमता भएका गायक उत्सव सुब्बाले लोक,तामाङ सेलो,आधुनिक,डान्सिङ ,पप लगायत सबै प्रकारको गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका छन।
उक्त हेलम्बु बजार गितलाई भिम्फेदि गाईजको युटुब च्यानलमा भिडियो सहित हेर्न सक्नुहुनेछ । गितको शब्द, संगित, संगित संयोजन समेत गायक आफैले गरेका छन्।

प्रतिक्रिया

Selected poll is not defined.