धादिङका दिपक खतिवडा एन्फा केन्द्रीय उपाध्यक्षमा निर्वाचित

  नेपाली सन्देश डट कम | ६ असार २०७९, सोमबार १९:०८

धादिङका दिपक खतिवडा एन्फा केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा अखिल नेपाल फुटबल संघ (एन्फा) काे उपाध्यक्षमा विजयी भएका हुन्।बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा आज सोमबार भएको निर्वाचनमा पंकज विक्रम नेम्वाङ काे प्यानलबाट उम्मेदवारी दिएका धादिङका खतिवडाले ८४ मतमा ४६ मत ल्याउदै विजयी भएका हुन् ।

निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै आगामी चार वर्षको कार्यकालका लागि पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी कर्माले ३९ मत पाए।

प्रतिक्रिया

Selected poll is not defined.