काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको आर्थिक स्थिति मजबुत देखिनुका साथै मूल्यवृद्धिसमेत घटेको छ । यसबीचमा चालू खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको र विदेशी मुद्रा सञ्चिति पनि २५ खर्ब नाघेकाले मुलुकको आर्थिक स्थिति बलियो देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत असारदेखि वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार वैशाखमा मूल्यवृद्धि २ दशमलव ७७ प्रतिशत मात्र रहेको छ ।
वैशाख महिनामा मात्रै ऐतिहासिक रेकर्ड कायम गर्दै १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएपछि शोधनान्तर बचतसमेत अधिक भएको छ ।
केन्द्रीय बैंकका अनुसार वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि एकै महिनामा यस मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । गत वर्ष २०८१ फागुनमा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएर कीर्तिमान कायम भएकामा वैशाखमा नयाँ कीर्तिमान कायम भएको हो ।
प्रतिक्रिया