भिजिट भिसा काण्ड: छानबिन आयोग नबनेसम्म आन्दोलन नथामिने रास्वपाको अडान

  नेपाली सन्देश डट कम | ३० जेष्ठ २०८२, शुक्रबार १९:५०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरणमा गम्भीर मानवतस्करीसंग जोडिएको विषय भएकाले उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो । रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानबिन आयोग बन्न ठोस प्रतिबद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए।

भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरुको गाम्भीर्यता नदेखिएको उनले बताए। उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे । रास्वपाका अन्य सांसदहरुले पार्टी एक्लै भएपनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?