गजुरीमा बाल बिकास कक्षा सहजीकरण सीप सम्बन्धि पुनर्ताजगी तालिम सुरु

  नेपाली सन्देश डट कम | २५ मंसिर २०७८, शनिबार २३:४६

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक काम गरि रहेको बताउनुभएको छ। गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको भन्दै बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो।

No description available.

शनिबार बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण कार्यशाला उद्घाटन गर्दै अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो ।गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा सहजकर्ताहरुको ज्ञान,सीप तथा क्षमता अभिबृद्धि मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुर्‍याउन शनिबारबाट ४ दिने पुनर्ताजगि कार्यशाला शुरु भएको प्रयास नेपाल धादिङका नवराज लामिछानेले बताए।

No description available.

गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।बाल विकास उमेर समूह शिक्षाको जग भएकोले यस उमेर समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको कार्यकारी निर्देशक अर्यालको भनाई छ।

No description available.

कार्यशालामा बाल विकास के हो ? किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार कक्षाकालाई किन छ कुनामा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ ,बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका रिता थापा र बागलुङका पम्फा खड्काले सहजिकरण गर्नुभएको कार्यक्रम संयोजक सहदेब पण्डितले जानकारी दिनु भयो ।

शनिबारबाट शुरु भएको कार्यशालामा गजुरी गाउँपालिका शिक्षा समितिका सदस्य बसन्त दुवाडी,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल लगायत बाल बिकास कार्यक्रम,बालमैत्री शिक्षण विधि र बालबालिका लगानी बृद्धिका विविध पक्षका बारेमा आआफ्नो भनाइ राख्नु भएको गजुरीबाट रेनुका रुपाखेतिले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?