सानिमा बैंकको १७ औं बार्षिक उत्सवको उपलक्ष्यमा सानिमा बैँक नौबिसे शाखाले २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्राबत्ति वितरण गरिएको छ ।सानिमा बैंकका काठमाण्डौं बाहिरका शाखाहरुले हरेक बर्ष बार्षिक उत्सवको उपलक्ष्यमा छात्रवृती प्रदान गर्ने गरेको छ।
यस अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष परिक्षामा उतिर्ण विद्यार्थीहरु मध्येबाट आबेदन माग गरी आबेदन परेका मध्येबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको सानिमा बैंक नौबिसे शाखाका प्रबन्धक शदिप बिक्रम शाहले जानकारी दिनु भयो ।
छात्रवृत्ति पाउनेमा धुनिबेशी ९ स्थित डिल्ली साबित्री माध्यमिक विद्यालयबाट यस बर्ष परिक्षामा उत्रिर्ण विद्यार्थी सृजन खत्री र धुनिबेशी ५ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयबाट यस बर्ष एस.ई.ई परिक्षामा उत्रिर्ण विद्यार्थी रञ्जना रेग्मीलाई प्रदान गरिएको शाहले बताउनुभयो ।
छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ को सम्पुर्ण शुल्क र शैक्षिक सामाग्रीहरुका साथै मासिक रू २ हजारका दरले प्रत्येक महिना खाजा खर्च पाउने समेत बताउनुभयो ।
प्रतिक्रिया