सैं पनि एमाले,मै पनि एमालेकी गायीका प्रीया भण्डारीले गरिन् विवाह

  नेपाली सन्देश डट कम | १९ मंसिर २०७८, आईतवार ११:४४

सैं पनि एमाले,मै पनि एमालेकी गायीका प्रीया भण्डारीले गरिन् विवाह :लोक प्रीय गायिका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् ।

तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो ।पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् ।

पाल्पाका प्रभात अधिकारीसँग उनको आइतबार विवाह भएको हो । प्रियालाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायत बुटवल पुगेका थिय।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?