सिकाई उपलब्धि बृद्धिको लागि सरोकारवालासँग हातेमालो गर्दै पिण्डेश्वरी मावि

  नेपाली सन्देश डट कम | १८ मंसिर २०७८, शनिबार १३:२७

१८ मंसिर २०७८ धादिङ
बालबालिकाहरुको शैक्षिक सुधारको लागि पिण्डेश्वरी मावि गजुरीले बिद्यालय विकासमा सरोकारवालाको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारबाट शुरुवात भएको छ ।

विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत सर‍कारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको २ दिने कार्यशाला संचालन गरिएको हो । बिद्यालय सेवा क्षेत्र भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारी लगायत ८३ जना सर‍कारवालाहरु उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक , शिक्षक र बालक्लब पदाधिकारीको काम , कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,आचार संहिता ,बिद्यालय आर्थिक पारदर्शिता, बाल अधिकार , बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मझभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहजिकरण गर्नु भएको थियो ।

बाल विकास कक्षा तथा देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा भएको कार्यशाला भएको हो । बिद्यालयमा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका सहजिकरण गरिएको थियो ।

कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्य योजना र बिद्यालयका सबै सरोकारवालाहरुको लागि आचार संहिता तयार गरि लागु गरिने बिद्यालय प्रधानाध्यापक प्रकाश सिंहले बताउनु भयो । पिण्डेश्वरी माध्यमिक बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शुभलाल चेपाङको अध्यक्षतामा भएको कार्यशाला शनिबारसम्म संचालन हुने दशरथ दुवाडीले जानकारी दिनु भयो

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?