नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ

  नेपाली सन्देश डट कम | ८ मंसिर २०८३, सोमबार ०१:४७

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ महाधिवेशनबाट सभापतिमा युवराज गुरुङ निर्विरोध चयन भएका छन्। महाधिवेशनले गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको विशेष आतिथ्यमा सम्पन्न महाधिवेशनको विशेष कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरेका थिए। विभिन्न पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा विनोद कुमार योञ्जन, विशाल राई र सन्तोष सुवेदी चयन भएका छन्। त्यसैगरी महामन्त्रीमा तपेन्द्र कु. राई, सुजन बञ्जरा र निशान लिम्बु चयन भएका छन्।

सहमहामन्त्रीमा सुधिर भण्डारी, वसन्त राई, दुर्गा लिम्बु, एल.बी.जेड. गुरुङ र बाबुराजा राई चयन भएका छन् भने कोषाध्यक्षमा सुजित शाही निर्विरोध चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्यज्योति साहु, होम ब. पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्वो र मिलन शाही चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिहरूमा युवराज गुरुङ, विनोदराज मोक्तान, विनोद कुमार योञ्जन, सुजित शाही, विशाल राई, निशान राई लिम्बु, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोक ब. गुरुङ, निर्मला सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, राजकुमार सुनुवार र पारस कोइराला चयन भएका छन्।

महाधिवेशनबाट सम्पन्न विशेष कार्यक्रमको सञ्चालन समितिका प्रवक्ता पारस कोइरालाले गरेका थिए।

नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै समितिका सदस्य तथा शुभेच्छुकहरूले नवनिर्वाचित सभापति युवराज गुरुङसहित सम्पूर्ण कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

Selected poll is not defined.