सुकुम्बासीको पीडा बिर्सेर राज्य अघि बढ्न सक्दैन : सांसद धिताल

  नेपाली सन्देश डट कम | १६ आश्विन २०८३, शुक्रबार १५:४५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रमुख सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासीका पीडा भीडमा हराएको भन्दै आपत्ति जनाएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै धितालले अर्को घटना आएपछि अघिल्लो पीडा बिर्सन नहुने बताइन् ।

जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या र रसुवाको बाढीपछि सुकुम्बासीको पीडा भिडमा हराएको उनको भनाइ छ ।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ, अर्को घटना आएपछि अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। खासमा हामीलाई दुःखको लत लागेको छ उनले भनिन्, ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन् ।

नागरिकको पीडा बीच राज्यले भेद गर्न नमिल्ने बताउँदै उनले अरूको दुःखमा टेको लगाउनुको साटो टेको बन्न सिक्नुपर्ने बताइन्।

उनले केही दिनको सहानुभूतिमा सीमित नहुन आग्रह गर्दै पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्ने बताइन्।

प्रतिक्रिया

Selected poll is not defined.