काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्।
चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गतेसम्म हुने साताव्यापी भ्रमणका लागि उनी त्यसतर्फ लागेका हुन्।
प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औं ‘बेइजिङ सियाङसान फोरम’मा सहभागी हुने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उनले बहुपक्षीय सुरक्षा तथा सैन्य कूटनीतिका विविध विषयमा छलफल गर्ने कार्यक्रम छ । चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।
उनको अनुपस्थितिमा सेनाको कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी प्रदीपजंग केसीले सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया