देशमा लोकतन्त्रको रक्षाको लागि सूर्य चिन्हमा मतदान गर्न लाखौं नेपाली जनता आतुर छन् :भुमि त्रिपाठि

  नेपाली सन्देश डट कम | १० बैशाख २०७९, शनिबार १२:४१

नेकपा एमाले कमजोर भएमा देशमा संकट आउनुको साथै लोकतन्त्र समेत धरापमा पर्ने नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभएको छ ।
नेकपा एमाले प्रचार विभागद्धारा आज एमाले पार्टी कार्यालय धादिङ बेशीमा स्थापना गरिएको प्रचार डेस्कको शुभारम्भ गनुृहुँदै अध्यक्ष त्रिपाठीले स्थानीय चुनावमा नेकपा एमालेलाई जिताउनु पर्ने बताउनु भएको हो ।
विगतको निर्वाचन पार्टीका लागि हुने गरेकोमा यो पटक राष्ट्रको प्रतिनीधि र परमादेसका पक्षधरहरुका वीच चुनाव हुन लागिरहेको र जनताले एमालेलाई राष्ट्रिय हितको लागि चुनाव जिताउने पनि अध्यक्ष त्रिपाठीले बताउनु भयो । बाहिर प्रचार गरिए जस्तो नेकपा एमाले कमजोर नरहेकोले बलियो आत्मविश्वासको साथ चुनावी मैदानमा उत्रिन कार्यकर्तालाई अध्यक्ष त्रिपाठीले आव्हान गर्नुभयो ।
देशमा धेरैवटा कम्युनिष्ट पार्टी भएको भ्रम सकिएको दावि गर्दै अध्यक्ष त्रिपाठीले परमादेसको पक्षधर र नेकपा एमाले चुनावी मैदानमा रहेकोले कम्युनिष्टको नाममा पाएको जनमत कांग्रेसको पाउमा चढाउनेहरुलाई चुनावले पाखा लगाउने बताउनुभयो ।
देशमा लोकतन्त्रको रक्षाको लागि सूर्य चिन्हमा मतदान गर्न लाखौं नेपाली जनता आतुर रहेको र भ्रमवश अरु ठाउँमा गएकाहरु पनि नेकपा एमालेमा आउनेक्रम जारी रहेकोले समृद्ध मुलुक सुखी नेपाली चाहनेहरुको बीचमा सहकार्य भैरहेको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
नेकपा एमाले शक्तिशाली भएको कारण र नेकपा एमालेको दबाबको कारण मात्रै वैशाख ३० गते स्थानिय तहको निर्वाचन हुन लागेको अध्यक्ष त्रिपाठीले दावि गर्नुभएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?