बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन

  नेपाली सन्देश डट कम | २२ कार्तिक २०८३, शनिबार ०८:४३

पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै राजमार्गको अवस्था, यातायात व्यवस्थापन र यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले उनले स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा चाडपर्वको समयमा राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने विषयमा विशेष छलफल भएको थियो। साथै, राजमार्गमा देखिएका समस्या, सडकको वर्तमान अवस्था तथा यातायात सञ्चालनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल गरिएको थियो।

उक्त अनुगमन कार्यक्रममा भक्तपुर सडक डिभिजनका इन्जिनियर हिमाल काफ्ले, सब–इन्जिनियर सुनिल शर्मा तथा मंगलटार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रलगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा सभापति गजुरेलले निर्माणाधीन सडक तथा पूर्वाधारसम्बन्धी कामहरू तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। उनले चाडपर्वको समयमा यात्रुहरूले सास्ती भोग्न नपर्ने गरी सडक व्यवस्थापन, यातायात सञ्चालन तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउनसमेत जोड दिएका थिए।

चाडपर्वको समयमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।

प्रतिक्रिया

Selected poll is not defined.