गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पाटि एमालेको ८ वटै वडाको वडा अधिवेशन आज शनिबार सम्पन्न भएको छ। एक अध्यक्ष,एक उपाध्यक्ष,एक सचिव र दुई सह-सचिव सहित ३१ जनाको बन्ने वडा कमिटी सबै वडामा निर्बिरोध रूपमा सहमति द्वारा कमिटी गठन गरेको छ।एमालेको केन्द्रीय सर्कुलर अनुसार शनिवार अाठ वटै वडाको अधिबेशन गरेको नेकपा एमाले गजुरीले जनाएको छ।गजुरी वडा नं.१ को अध्यक्षमा सन्ताेष रिजाल,गजुरी-२ को अध्यक्षमा शिव पन्त,गजुरी -३ को अध्यक्षमा हरिशरण पाठक,गजुरी -४ को अध्यक्षमा जलक बहादुर तामाङ,गजुरी -५ को अध्यक्षमा राजेन्द्र सुवेदी,गजुरी -६ को अध्यक्षमा रामप्रसाद अधिकारी,गजुरी-७ को अध्यक्षमा ईन्द्र बहादुर अधिकारी र गजुरी-८ को अध्यक्षमा रेशम बहादुर बस्नेत निर्बिरोध रूपमा चयन भएका छन् ।आज शनिबार नेकपा एमालेको देसै भर वडा अधिबेशन रहेको थियोे ।
प्रतिक्रिया