काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वअध्यक्ष शेष घले समूहले निर्वाचन समिति गठन गरेको छ । आगामी मे महिनामा हुने भेलामा निर्वाचन गर्ने उदेश्यले सो समूहले निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र सदस्यमा आशिष उप्रेती, डम्बर घले तथा कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने छन् ।
सर्वोच्च अदालतको एक फैसलाले एकताको महाधिवेशन गर्न घलेको संयोजकत्वमा समिति गठन गरे पछि घलेले एकताको लागि कुनै पहल नगरि सिधैं निर्वाचन घोषणा गरे पछि विवादमा आएका छन् । घलेले गर्ने निर्वाचनमा गैरआवासीय नेपाली संघ र संघका राष्ट्यि समितिहरु भने सहभागी नहुने भएका छन् ।
प्रतिक्रिया