लन्डन — लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहलाई बढावा दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको दूतावासले जनाएको छ ।
कार्यक्रममा राजदूत चन्द्रकुमार घिमिरेले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारको प्रयासलाई प्रकाश पार्दै एफडीआईमा बेलायतको अग्रणी भूमिका र लन्डनको वित्तीय जीवन्तता सम्बन्धमा चर्चा गरे । राजदूत घिमिरेले हरित परियोजना, जलविद्युत, पूर्वाधार, वित्तीय सेवा र उत्पादन जस्ता क्षेत्रमा बेलायतबाट नेपालमा लगानीको अपार सम्भावना रहेकोमा जोड दिए।
राजदूत घिमिरेले संस्थागत र कानुनी ढाँचा साथै नेपालको व्यापार तथा लगानी नीति र कानुनमा निरन्तर भइरहेको प्रगतिले व्यवसायका लागि अनुकूल वातावरण सृर्जना गर्ने पनि उल्लेख गरे ।
प्रतिक्रिया