लन्डन । बेलायतका नेपालीले बुधबार महाशिवरात्री पर्व धुमधामसँग मनाएका छन्। लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा विशेष पूजा, भजनकिर्तन र धार्मिक कार्यक्रमहरू सञ्चालन भएका थिए। पण्डित निलहरि घिमिरे, विनोद पन्थी र आनन्द लोहनीले पूजा सञ्चालन गरे।
नेपाली राजदूत चन्द्र कुमार घिमिरे परिवारसहित मन्दिरमा पुगेका थिए। मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोपाल अर्यालका अनुसार, मौसमको प्रतिकूलता भएता पनि दर्शनार्थीको घुइंचो लागेको थियो।
अल्डरसटको शिव कल्चरल सेन्टरमा पनि चार प्रहरका विशेष पूजा गरिए। १,००० बढी नेपालीहरूले मन्दिर दर्शन गरेका छन्। स्कटल्यान्ड र बर्मिङहमलगायतका स्थानमा पनि शिवरात्रीका अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।
प्रतिक्रिया