‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली

  नेपाली सन्देश डट कम | १३ फाल्गुन २०८१, मंगलवार १५:४२

काठमाडौं । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल ¥याली निकालेको छ । 

‘नारायणहिटी खाली गर हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ लगायतका नारा लगाउँदै राजसंस्था, सनातन हिन्दु अधिराज्यको पक्षमा धनगढीमा बृहत मोटरसाइकल र्‍याली निकालिएको हो ।

राप्रपाले हालै मात्र पोखरामा विरोध सभा आयोजना गरेको थियो । उसले राजसंस्था पुनःस्थापनाको माग गर्दै सडक र सदन दुवैतिर आन्दोलन चर्काउने घोषणा गरेको छ । हालै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई राप्रपाले औपचारिक रूपमै स्वागत गरेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?