नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ

  नेपाली सन्देश डट कम | १३ फाल्गुन २०८१, मंगलवार १५:३२

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सरकारको जवाफ माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच बडघरको विषयमा भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै त्यसको यथार्थ जवाफ माग गरेका हुन् ।

उनले घटना अघिल्लो रातिको भए पनि किन बेलैमा त्यसलाई नियन्त्रण गर्न खोजिएन भन्दै प्रहरी प्रशासनको लापरवाहीबारे आक्रोश पोखे । झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न चार राउन्ड गोली फायर गरेको जानकारी सांसद सिंहले संसदलाई गराए । यस्तै सशस्त्र प्रहरीले  पनि एक राउन्ड गोली फायर गरेको उनले बताए ।

अहिले सरकारल प्रशसन यन्त्र, प्रहरी र सशस्त्र प्रहरीलाई निकम्मा बनाउने काम सरकारले गरेको भन्दै उनले आक्रोश पोखे । एक दुई महिनामै सहसचिव, उपसचिव सरुवा गर्ने सरकारको कामले प्रशासन पंगु बनेको उनले बताए ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?