दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन अमरेशकुमार सिंहको माग

  नेपाली सन्देश डट कम | १२ फाल्गुन २०८१, सोमबार १६:४९

काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको सहयोगको विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्र्याउनेमा लगानी भयो ? यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ । 

एनजीओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप लगाए । उनले अहिलेपनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजीओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?