नेकपा एमाले गजुरी -३ को भेला सम्पन्न अध्यक्षमा हरिशरण पाठक चयन

  नेपाली सन्देश डट कम | ११ आश्विन २०७८, सोमबार १५:३८

गजुरी/धादिङ
नेकपा एमाले गजुरी गाउँपालिका वडा नं.३ को भेला सम्पन्न भएको छ।नेकपा एमाले गजुरी गाउँ संगठन कमिटीको ८ वटै वडामा वडा भेला गर्दै कमिटी बिस्तार गर्ने कार्ययोजना अनुरुप आईतबार भेला बसेको हो।भेलाले हरिशरण पाठक को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ।जसको सचिवमा मिलन कुमार बस्नेत चयन भएका छन् ।भेला भातृ संगठन अन्तर्गत अखिल नेपाल महिला संघ संयोजक सरिता बस्नेत ,युवा संघ संयोजक राजकुमार चेपाङ ,किसान संघ संयोजक भिम बहादुर तामाङ चयन गरेको छ।एमाले जिल्ला कमिटी सचिवालय सदस्य देव प्रसाद त्रिपाठिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,गजुरी गाउँ संगठन कमिटी अध्यक्ष माधब भण्डारी,नेकपा एमाले नेता अरुण पराजुली,भद्रलाला मगर लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?