जनक भट्टराई एआईजीमा बढुवा सिफारिस

  नेपाली सन्देश डट कम | ११ फाल्गुन २०८१, आईतवार ०५:२७

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् ।

एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो । एआईजी केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?