लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं विश्व स्वास्थ्य सम्मेलन आगामी जुन महिनामा वेलायतमा हुने भएको छ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सुनिल शाहका अनुसार सो सम्मेलन आगामी २५ र २६ जुनका दिन वेलायतको हड्सफिल्डमा आयोजना हुने छ। हड्सफिल्ड विश्वविद्यालयको सभा हलमा आयोजना हुने यस सम्मेलनमा विश्वभर कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको उपस्थिति रहनेछ।
गैरआवासीय नेपाली संघका सल्लाहकार डा. संजीव सापकोटाका अनुसार हाल विश्वभर ५,००० नेपाली चिकित्सकसहित करिब १५,००० नेपाली स्वास्थ्यकर्मी विभिन्न देशहरूमा कार्यरत छन्।
सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी, नेपाल सरकारका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको विशेष उपस्थिति रहनेछ।
यसअघि संघको पहिलो र दोस्रो विश्व स्वास्थ्य सम्मेलन अमेरिका, तेस्रो सम्मेलन लण्डन, चौथो सम्मेलन जापान र पाँचौं सम्मेलन अष्ट्रेलियामा सम्पन्न भएको थियो।
प्रतिक्रिया