धुनिबेशि/धादिङ
धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष साईला राई एमाले मै फर्केका छन् ।शनिबार धुनिबेशि नगर स्तरीय युवा भेलामा बोल्दै आफू एमालेमा फर्केको उद्घाेष गर्नुभएको छ। नेकपा एकिकृत समाजबादी पाटीमा गएर गल्ति गरेको र पुरानै घर फर्केको बताएका छन् । किन गए किन आए भन्दा पनि उनले फर्किनुको कुनै कारण नभए पनि मेरा दाजु भाई आमा वुवा माया गरी मलाई सुर्य चिन्हमा भोट हालेर जिताउनु भएका सवै जनता एमाले मै रहेको र आफु नयाँ पाटी नेकपा एकिकृत समाजबादीमा रहन नसकेको वताए। धुनिवेशी नगरपालिकामा स्थानिय तहबाट निर्वाचित एमालेका ५४ जना जनप्रतिनिधिमध्ये २१ जना नेकपा एकिकृत समाजबादी पाटीमा जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका थिए । त्यस मध्ये धुनिवेशी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष साइला राई पनि एक हुन उनी एमालेमा फर्के सङ्गै अरु पनि फर्किने संकेत रहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया