को हुन् ‘कमेडी दरबार’मा भित्रिएकी नयाँ होस्ट सजिना खनाल ?

  नेपाली सन्देश डट कम | ८ फाल्गुन २०८१, बिहीबार ०२:०३

काठमाडौँ । चर्चित टेलिभिजन कमेडी शो कमेडी दरबारमा नयाँ होस्टको रुपमा सजिना खनाल भित्रिएकी छिन् । निर्माण टिमले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै होस्ट गर्दै महाराजाको रुपमा मनोज गजुरेललाई भित्राएको हो । होस्ट सजिना खनाल धेरैका लागी नयाँ अनुहार हुन सक्छ । यद्यपी उनी केहि ब्युटि पेजेन्टको टाइटल होल्डर समेत हुन् ।

उनी मिस सुप्रानेशनल नेपाल २०२४ को बिजेता हुन् । यस्तै उनी मिस वल्र्ड टुरिजम नेपाल २०२३ को बिजतो समेत हुन् । उनी एक कन्टेन्ट क्रिएटर पनि हुन् । यस्तै उनले यसअघि बिभिन्न स्टेज कार्यक्रमहरु होस्ट गरिसकेकी छिन् । उनी एक मोडल पनि हुन् । उनले बिभिन्न ब्राण्डहरुसँग जोडिएर प्रमोशनको काम पनि गर्ने गरेकी छिन् ।

सजिनालाई कमेडी दरबारको २७ भागबाट होस्टको रुपमा देख्न सकिनेछ । उनीसँगै होस्टमा बिक्की अगरवालले साथ दिनेछन् । यसअघि २६ भागसम्म मिस नेपाल २०२० नम्रता श्रेष्ठ होस्टको रुपमा थिइन् । उनीसँगको सम्झौता सकिएसँगै कमेडी दरबार टिमले होस्टको रुपमा सजिनालाई भित्राएको हो । यस्तै कमेडी दरबारले महाराजाको रुपमा देखिदै आएका अभिनेता बिजय बरालको ठाउँमा हास्य अभिनेता मनोज गजुरेललाई भित्राएको छ । महारानीको रुपमा अभिनेत्री गौरी मल्ल यथावत छिन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?