नेपाली काङ्ग्रेस गजुरी,बेनिघाट,त्रिपुरासुन्दरी,र ज्वालामुखीमा निर्बिरोध सभापति चयन

  नेपाली सन्देश डट कम | ९ आश्विन २०७८, शनिबार १२:३४

धादिङ असोज ९
१४ अौ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस धादिङले आज १३ वटै स्थानीय तहमा अधिवेशन सुरुगरेको छ । कतिपय स्थानीय तहमा दुई समुह बीच चुनावी प्रक्रियामा गएको छ।भने कुनै स्थानीय तहमा सहमतिमा निर्बिरोध चयन गरिएको छ।
गजुरी गाउँपालिका सभापतिमा निर्बिराेध पुनः भुमि कडेल लाई सभापति चयन गरेको छ।त्यसैगरी बेनिघाट राेराङ गाउँपालिकामा पनि निर्बिराेध ऋषिनाथ त्रिपाठि सभापति भएका छन् ।त्रिपुरासुन्दरीमा सहमतिमै राजु उप्रेती सभापतिमा निर्विरोध भएका छन् भने ज्वालामुखी गाउँपालिकामा पनि सहमतिमै रेशमलाल काप्री सभापतिमा निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेसले बताएको छ । नीलकण्ठ नगरपालिकामा भने चुनाव सुरु भएको छ। सभापतिका आकाँक्षी द्वय शम्भुराज सिंह ठकुरी र ध्रुर्वप्रसाद रिजालले आ आफ्नो प्यानल बनाएर चुनावी प्रक्रियामा अघि बढेका छन् ।जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?