धादिङमा शनिबार ७:३० देखि दिउँसो १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

  नेपाली सन्देश डट कम | ८ आश्विन २०७८, शुक्रबार १२:१०

धादिङ असोज ८
नेपाल बिधुत प्राधिकरण धादिङ शाखाले शुक्रबार सूचना जारी गर्दै नीलकण्ठ ४ रायटारमा धादिङबेशी देखी सल्यान्टारसम्मको लाईनको तार झोलिएकोले पोल थप गरी सुधार गर्न लागिएकोले शनिबार ७ः३० बजेदेखी दिउँसो १ बजेसम्म सटडाउन हुने जनाएको हो । विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले शनिबार सल्यान्टार, खहरे, देलुङ, सल्यान्कोट, सातदोबाटो, बुढाथुम, बसेरी, फुलखर्क, गुम्दि, चैनपुर, छेलाङ, साँदभञ्ज्याङ, खरी, माछाखोला, आरुघाट, सोती, आर्खेत, सल्ले कटुञ्जेबजार, मार्पाक लपाङफेदी, अचनेटार लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?