काठमाडौं
राष्ट्रिय फोटो पत्रकार समूहको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन भएका छन् ।राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती बुधबार काठमाडौमा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।अधिवेशनले वन्तको अध्यक्षतामा महासचिव नवराज श्रेष्ठसहित१३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटर्स नेपालका मुकुन्द कालीकोटे रहेका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा नयाँपेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शिला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् ।दुई जना सदस्य भने केन्द्रीय कमिटीले पछि मनाेनित गर्ने भएको छ।
प्रतिक्रिया