धादिङ
माओबादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको बुधबार काठमाडौँमा बसेको केन्द्रीय समतिको विस्तारित बैठकले धादिङ जिल्ला ईन्चार्जमा अमृत तामाङलाई चयन गरेका छन्।तामाङलाई धादिङको इन्चार्जका साथै केन्द्रीय सचिवालय सदस्यको पनि जिम्मेवारी दिएको छ ।धादिङबाट केन्द्रीय समितिमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष समेत रहेका प्रताप तामाङ सहित दिपक राना र विनोद खतिवडा मनोनित भएका छन् ।नेकपा(माओवादी केन्द्र) निकट महासंघको विस्तारित बैठकको बुधबार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए।
प्रतिक्रिया