नेपाली दुतावास अमेरिका डेटा सम्बन्धी विवादमा

  नेपाली सन्देश डट कम | २६ माघ २०८१, शनिबार २३:४०

अमेरिका । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हालै राहदानी कन्सुलर सेवा शिविर खडा गरी एक हजार ५१५ नेपाली नागरिकलाई पासपोर्ट उपलब्ध गराएर प्रशंसा कमाएको दूतावास विवादमा तानिएको छ ।

कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणको टोलीलाई अनधिकृत रुपमा निवेदकहरुको इमेल अरुलाई उपलब्ध गराएको आरोप लागेको हो ।

‘पासपोर्टका लागि हामीले व्यक्तिगत विवरण राजदूतावासलाई बुझायौं । कतै त्यसको दुरुपयोग हुन्न भन्ने विश्वास थियो । तर, त्यो डेटा नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यालिफोर्निया च्याप्टलाई उपलब्ध गराइयो, जुन सरासर चोरी र विश्वासघात हो’ राजदूतावासलाई उजुरी गर्नेमध्येका एक माधव मसासिनीले जिकिर गरे ।

अहिले राहदानीका लागि सो शिविरमा निवेदन दिने सबै सेवाग्राहीलाई चन्दा माग्दै नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाले पत्राचार गरेपछि सेवाग्राहीहरु असन्तुष्ट भएका छन् । यसअघि कुनै प्रकारको अतिरिक्त शुल्क वा चन्दा मागिन्न भन्ने प्रतिवद्धतासहित शिविर गरिएको थियो ।

राजदूतावाससमक्ष हाल विद्युतीय उजुरी गरिएपनि आधिकारिक पक्षबाट चित्तबुझ्दो जवाफ प्राप्त नभएको र आवश्यक परे परराष्ट्र मन्त्रालयसम्म पुग्ने चन्दा पीडितहरुले चेतावनी दिएका छन् ।

यस घट्नाले व्यक्तिगत गोपनीयता र सुरक्षामा प्रश्न खडा गरेको कतिपयको दावी छ । राजदूतावासमाथिको विश्वसनीयतामा असर पार्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उजुरीकर्ताको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?