शेष घलेविरुद्ध सर्वोच्चमा मुद्दा, निर्वाचन रोकिने सम्भावना बढ्यो

  नेपाली सन्देश डट कम | १३ बैशाख २०८२, शनिबार २०:३३


आइतबार सुनुवाइ हुने

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

गत वर्ष चैतमा सर्वोच्च अदालतले दिएको आदेशको भावना विपरीत अवैधानिक रुपमा एकता अधिवेशनको प्रक्रिया अघि बढाएको आरोपमा घलेविरुद्ध मुद्दा दर्ता गरिएको हो।

सर्वोच्चको आदेशले एकता अधिवेशन सम्पन्न गर्न निर्देशन दिए पनि घलेले राष्ट्रिय समिति, संस्थापक सदस्यहरू र वर्तमान कार्यसमितिको सहभागिता विना प्रक्रियालाई अगाडि बढाएपछि संघका अध्यक्ष डा. बद्री केसीले सर्वोच्चको फैसला र संस्थाको विधान उल्लङ्घन गरिएको भन्दै मुद्दा दायर गरेका हुन्। डा. केसीले घलेद्धारा प्रस्तावित निर्वाचन तत्काल रोकेर एकता अधिवेशनको लागि अन्तरिम आदेश माग गरेका छन् ।

घलेले संस्थाको विधान खारेज गरी नयाँ कार्यविधि बनाउँदै अधिवेशन प्रक्रिया अघि बढाएपछि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, भवन भट्ट, डा. बद्री केसी र संस्थापक नेता रामप्रताप थापा लगायत उच्चस्तरीय समिति सदस्यहरू घले नेतृत्वको समितिबाट बाहिरिएका छन्।

घलेले आगामी मे ३ मा अधिवेशन सम्पन्न गर्ने अडान लिएका छन्। तर, परराष्ट्र मन्त्रालयले उक्त अधिवेशन छ महिनाका लागि सार्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ। सो निवेदनमाथि आइतबार सुनुवाइ हुँदैछ।

यसैबीच, उच्चस्तरीय समितिविरुद्धको मुद्दाको सुनुवाइ पनि आइतबारकै लागि तोकिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?