अनेरास्ववियु केन्द्रीय अध्यक्षमा सुनीता बराल चयन

  नेपाली सन्देश डट कम | २ आश्विन २०७८, शनिबार १४:४३

काठमाडौं
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय अध्यक्षमा उपाध्यक्ष सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष चयन गरेको हो ।त्यस्तै  वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, प्रेम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल चयन भएका छन् ।अध्यक्ष ऐन महरसहित अध्यक्षको दाबी गर्ने महेश बर्तौला, रश्मि आचार्य ,शैलेस लामा लगाएतका पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?