सहिदकाे सपना पूरा गर्छाैं :अध्यक्ष बस्नेत

  नेपाली सन्देश डट कम | ३० भाद्र २०७८, बुधबार १६:५५

गजुरी/धादिङ
गजुरी गाउँपालिका अध्यक्ष एवं नेकपा (एमाले)का नेता राजेन्द्र विक्रम बस्नेतले सहिदकाे नाम भजाएर पद र प्रतिष्ठा मात्र कमाउन तल्लिन भएकाहरूले सहिदकाे सपना साकार बनाउन र उनीहरूकाे सम्मान गर्न कहिल्यै नसक्ने दावी गर्नु भएकाे छ । साविक किराञ्चाेक गाउँ विकास समितिका तत्कालिन उपाध्यक्ष रामबहादुर पण्डितकाे १९अौ स्मृति दिवसकाे उपलक्ष्यमा नेकपा (एमाले) गजुरी गाउँ संगठन ७ नं. वडा कमिटीकाे आयाेजनामा भएकाे श्रद्धाञ्जली तथा वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्नु हुँदै उहाँले राजनीतिक चरित्र, अाचरण र नैतिकता गुमाइ सके पछि उच्च तहमा पुगेकाे नेता पनि सामान्य नागरिक भन्दा पनि तल्लाे स्तरमा झर्ने ठाेकुवा गर्नु भयाे । व्यक्तिगत स्वार्थ, आत्म कुण्ठा र पद लाेलुपताले व्यक्तिकाे राम्राे बनेकाे छविलाई माटाेमा मिलाउँदा पनि अन्धाे बनेर मान्छेहरू बर्बराउँदै हिड्न थालेका छन् भन्नू हुँदै गलत बाटाेलाई बेलैमा नचिन्ने हाे भने त्यस्ता व्यक्तिलाई कसैले पनि काँध हाल्न नसक्ने बताउनु भयाे ।अहिले नेकपा (एमाले)मा यस्तै प्रवृत्तिका केही व्यक्तिहरू जनतामा भ्रम छर्न नयाँ जाेगीले खरानी घसे जस्तै बहुरूपी भेषमा नाङ्गेझार भएर नीति, विचार र सिद्धान्तबाट च्युत भएर हिंडेकाे पनि उल्लेख गर्नु भयाे । २०६० साल भाद्र ३० गतेका दिन तत्कालिन विद्राेहि माअाेवादीले कायरता पूर्ण ढंगले बम विष्फोट गराएर रामबहादुर पण्डितकाे हत्या गरेकाे थियाे । साेहि दिनकाे सम्झनामा नेकपा (एमाले)ले स्मृति दिवस मनाउँदै अाएकाे छ भने उहाँकाे हत्या गरेकाे स्थान पर्ने आदमघाट पर्खाले थुम्की चाैतारा सडकलाई गजुरी गाउँ पालिकाले रामबहादुर पण्डित मार्ग नामाकरण गरि यस वर्षबाट सडक स्तराेन्नतीकाे काम समेत ठेक्का मार्फत अघि बढाएकाे छ । यसैगरी उहाँकाे नाममा स्मृति प्रतिष्ठानकाे स्थापना गरि सालिक निर्माण कार्य समेत अघि बढेकाे छ । उक्त कार्यक्रममा स्वर्गीय रामबहादुर पण्डितकी धर्मपत्नी अम्मर कुमारी पण्डितलाई अध्यक्ष बस्नेतले दाेसल्ला ओढाई सम्मान गर्नु भएकाे थियाे ।सङ्गै वडा भेलाले धन बहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ।जसको सचिवमा ईन्द्र बहादुर अधिकारी चयन भएको छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?