मेयर जीत रानाभाटले गरे लण्डनमा नेपालीको मन जित्ने कार्यक्रम (फोटो फिचर)

  नेपाली सन्देश डट कम | १९ माघ २०८१, शनिबार २३:५२

लन्डन । अंग्रेजी नयाँ वर्षको दिन सम्पन्न ‘लन्डन न्यू इयर डे परेड’ मा सहभागी नेपाली समुदायतका अगुवाहरुलाई ग्रीनवीच रोयल बरोले सम्मान गरेको छ ।

सो परेडमा नेपालीहरुले प्रस्तुत गरेको झाँकीले तेस्रो स्थान हासिल गरेको थियो । परेडमा सहभागीहरुलाई शुक्रबार साँझ वुल्लीच टाउन हलमा विशेष कार्यक्रमको आयोजना गरि प्रमाणपत्र र मेडलले सम्मान गरिएको हो।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र ग्रीनवीच रोयल बरोका मेयर काउन्सिलर जीत रानाभाटले सम्मान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै राजदूत घिमिरेले लन्डन परेडको अन्तरराष्ट्रिय मञ्चमा मौलिक नेपाली कला र संस्कृतिका प्रस्तुतिसहित नेपाली झण्डा फहराउने कार्य प्रशंसालायक रहेको बताए ।
घिमिरेले भने, ‘नेपालसंग ऐतिहासिक सम्बन्ध रहेको यो मुलुकमा आएर तपाईंहरुले छोटो समयमा हासिल गरेको उपलब्धि निकै महत्वपूर्ण छ । यो अहिलेलाई मात्र नभएर भावी पुस्ताका लागि समेत ठूलो प्रेरणा हुनेछ भन्ने मेरो विश्वास छ।’

ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेकेले स्थानीय समुदायका लागि नेपालीहरुले पुर्याउँदै आएको योगदानप्रति आफूहरुलाई ठूलो गौरव रहेको सुनाए ।

कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले बेलायतमा नेपाली संस्कृति र पहिचानलाई स्थापित गराउन मेयर रानाभाटको अगुवाइमा स्थानीय नेपाली समुदायले गरेको प्रयासको उनले सराहना गरे ।

ग्रीनवीच रोयल बरो मेयर जीत रानाभाटले नेपाली संस्कृतिभित्रको विविधता र मौलिकतालाई ‘लन्डन न्यू इयर डे परेड’ मार्फत अन्तरराष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने कोशिश गरिएको बताए।

परेडलाई सफल पार्न मेयरेस गौमाया गुरुङ, श्रीचन्द्र गुरुङ, राजन खकुराल, ह्यारी गुरुङ, विनोद ज्ञवालीसहितका अभियन्तहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत

वेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेलाई लण्डनमा स्वागत गरिएको छ।

ग्रीनवीच रोयल बरोले शनिबार विलवीचस्थित टाउन हलमा एक कार्यक्रम आयोजना गर्दै घिमिरेलाई सम्मान गरेको हो।

उनीलाई मेयर जीत रानाभाटले खादा, फूल र नेपाली ढाका टोपी लगाएर सम्मान गर्दै आगामी कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए। सोही कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी लगायतलाई मेयर रानाभाटले स्वागत र सम्मान गरेका थिए। सम्मान कार्यक्रममा ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके, गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?