राष्ट्रिय बाल दिवसको अवसरमा प्रयास नेपाल धादिङ द्वारा चेपाङ किशोरीहरु लाई स्टेसनरी सहयोग

  नेपाली सन्देश डट कम | २९ भाद्र २०७८, मंगलवार ०६:३६

गजुरी/धादिङ
आज राष्ट्रिय बाल दिवश सामान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।यसै सन्दर्भमा धादिङको गजुरी गाउँपालिका वडा नं१
चेपाङ किशोरी छात्रावासका बालिकाहरुलाई प्रयास नेपाल धादिङ द्वारा स्टेशनरी सहयोग गरिएको छ।

प्रयास नेपाल द्वारा ठुलो नोट कपि ४ वटा,पेन्सिल १ प्याकेट,डड्पेन ६ वटा,डायरी १ वटा ,ज्यामिट्रिक बक्स लगायत स्टेसनरी सामाग्री शिक्षा विकास तथा समन्वय ईकाइ धादिङ र गजुरी गाउँपालिका शिक्षा शाखा सङ्गको समन्वयमा २२ जना किसोरीहरुलाई मङ्गलबार एक कार्यक्रम बिच प्रदान गरिएको हो।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?