राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका अध्यक्ष बनाइने

  नेपाली सन्देश डट कम | २९ भाद्र २०७८, मंगलवार ०४:४८

आज राष्ट्रिय बाल दिवश सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।यसै सन्दर्भमा मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई आज (मंगलबार) एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइने भएको छ।

राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो।नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालबाट भाद्र २९ गते मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?