नेकपा(एस)बागमती प्रदेश संसदीय दलको नेतामा धादिङका राजेन्द्र पाण्डे

  नेपाली सन्देश डट कम | २७ भाद्र २०७८, आईतवार १६:३४

२७ भदौ,२०७८
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा धादिङका राजेन्द्र प्रसाद पाण्डे नियुक्त भएका छन् ।

आज हेटौंडा बसेको दलको बैठकले संसदीय दलको नेतामा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे संसदीय दलको नेता चयन हुनुलाई चासोका साथ हेरिएको छ । एमाले विभाजनपूर्व बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यले मुख्यमन्त्री पदको प्रलोभनमा माधव नेपालको साथ छाडेकी थिइन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?