काठमाडौं
शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने भएको छ। यसका लागि अध्ययन गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताउनुभएको छ। शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै उनले त्रिचन्द्र कलेज र घन्टाघरलाई पुरानै तरिकाले पूनर्निर्माण गरिने पनि बताए।
एमालेका सांसदहरुको नाराबाजीका बीच प्रस्तुत विधेयकमा उनले प्रत्येक प्रदेशमा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना समेटेको सुनाए। उनले सो केन्द्रलाई अत्याधुनिक बनाउने समेत बताउनुभएको छ।
प्रतिक्रिया