सुन–चाँदीको भाउ आजपनि घट्यो

  नेपाली सन्देश डट कम | १५ माघ २०८१, मंगलवार ०६:३५

कमठमाडौं । नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?